• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना

    3.1K
    SHARES



    काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो ।

    पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही क्षत्रमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ भने आइतबार वर्षा र हिमपातको सम्भावना छ । सोमबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ ।

    भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिममा पनि हल्का वर्षा भएको छ । यो बर्षाले त्रिपालमा बसेका पीडितलाई झन् असहज भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ