• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    जाजरकोटमा पुनः ४.५ म्याग्निच्युडको भूकम्प गयो

    17.4K
    SHARES

    काठमाडौँ । सोमबार जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का गएको छ । अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पमा परी भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् ।

    शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको स्थानीय वीरबहादुर ओलीले जानकारी दिए ।

    राउतगाउँमा भूकम्पमा परी एकजना घाइते भएका छन् । राउतगाउँ वरपरकै गाउँहरु भरावन र गैरी क्षेत्रमा पनि घरहरु भत्किएका छन् । भूकम्पले थप घरहरु भत्किएको र मानिस समेत घाइते भएको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट राउतगाउँको टोली गाउँघरतिर गएको छ ।

    सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ