• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

    16.8K
    SHARES



    काठमाडौं । गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

    यस्तै भूकम्पमा परि घाइते हुनेहरुको संख्या ५५ रहेको जिल्ला प्रसाशन कार्यालय जाजरकोटले जनाएको छ। अस्पतालहरू घाइतेले भरिएका छन् । गम्भीर घाइतेहरुलाई नेपालगञ्ज, सुर्खेततर्फ रिफर गरिएको छ ।

    जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ ।

    खलंगामा जिल्ला मालपोत कार्यालयलगायत प्राय: घरहरू भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबार पनि चर्किएको छ । मानिसहरु रातिदेखि नै खुला ठाउँमा बसिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ