• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूकम्पबाट जाजरकोटमा १० जनाको मृत्यु, केन्द्रविन्दु रहेको गाउँसंग सम्पर्कविच्छेद

    38.9K
    SHARES



    काठमाडौँ । सुक्रबार मध्यराति गएको भूकम्पमा परि जाजरकोटमा हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय जाजरकाेटका अनुसार भेरी नगरपालिकामा दुई जना, नलगाढ नगरपालिकामा ४ जना, कुशी गाउँपालिकामा ४ जना गरि १० जनाको मृत्यु भएको स्थानीयले कार्यालयमा जानकारी गराएका हुन् ।

    भूकम्पकाे केन्द्रविन्दु रहेको बारेकाेट गाउँपालिकामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । त्यहाँको सबै सम्पर्क विच्छेद भएको जाजरकाेटका जिल्ला प्रशासनले बताएको छ । जाजरकाेटमा यतिबेला प्रहरीको सञ्चारसेटले पनि काम गरेको छैन ।

    यस्ता रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ११ मा ६ जना, १२ मा ४ जना, १३ मा ३ जना, १४ मा ९ जना गरि हालसम्म भूकम्पमा परि २२ जनाको निधन भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ