नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय एमाले उपाध्यक्ष विष्णु पौडेल मन्त्रिपरिषद्मै भएको बेला निर्णय भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘माघ १९ मा निर्णय भएको रहेछ ।
पूर्ववक्ता (विष्णु पौडेल) क्याबिनेटमा रहेको बेला निर्णय भएको रहेछ ।’ शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढेको उनले बताए । ‘शान्ति प्रक्रियाको काम अगाडि बढेको छ । सत्तापक्ष प्रतिपक्षी एक ठाउँमा आएका छौँ । पीडितमैत्री बनाउनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया