• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    सर्वोच्च अदालतद्वारा रिगललाई दिइएको कैद मिनाह बदर, पुन पक्राउकाे बाटाे खुल्याे

    1.6K
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाह बदर गर्ने निर्णय सुनाएको छ। सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो।

    संविधान दिवसको अवसर पारेर सरकारले ४० प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन असल रहेको भन्दै कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले संविधान दिवसका अवसरमा दिइएको कैद मिनाहविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

    बुधबार नै निवेदक र सरकारी पक्षको बयान सकिए पनि फैसला बिहीबार सुनाउने निर्णय भएको थियो। बिहीबार भने सर्वोच्चले सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको उक्त कैद मिनाह बदर गरिदिएको छ। यससँगै अब उनी फेरि बाँकी कैद भुक्तानका लागि थुनामा बस्नुपर्ने देखिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ