• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुदूरपश्चिममा बेमौसमी असिना पानी, बालीनालीमा क्षति

    4.3K
    SHARES



    Rainas Asinapani@Lamjung 4

    धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । दार्चुलामा हावाहुरीसहित असिना पानी परेको थियो ।

    बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुर्याएको छ । कर्णाली प्रदेशमा पर्ने दैलेखको ठाटिकाँध ४ गैरागाउँमा पनि धान र कोदोमा असिना पानीले क्षति पुर्याएको फोटो सामाजिक सन्जालमा देखिन्छ ।

    दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो । पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ । पशुचौपायाका लागि फागलाहरुमा काटेर सुकाइएको खर पनि भिजेर नष्ट हुँदा किसान चिन्तित बनेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागलाको घाँस काटेर सुकाउने गरिन्छ ।

    २८ गतेदेखि पश्चिमी वायु भारतको जम्मुकास्मिर हुँदै नेपालको दार्चुलामा प्रवेश गरेको थियो । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    ठूलो वर्षा हुने सम्भावना नभए पनि हल्कादेखि मध्ययम वर्षाले समस्या पार्न सक्ने भएकाले पूर्व सतर्कता अपनाउनु पर्ने मौसमविदहरुको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ