• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इरानमाथि नेपालको फराकिलो जित

    3K
    SHARES



    काठमाडौं । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २ सय ७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

    वाईएसडी (यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३ सय ५३ रन बनाएको थियो ।

    नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ