• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई इजरायल पठाउने सरकारकाे निर्णय

    1.4K
    SHARES



    काठमाण्डाै । सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेकाे छ ।

    आज बुधवार बसेकाे मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने निर्णय भएकाे सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी   ।

    नेपाली विद्यार्थी लिन आज राति साढे २ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ । नेपालबाट दुबई ‘ट्रान्जिट’ भई जहाज इजरायल पुग्ने छ ।

    निगमले गरेको तयारीको आधारमा सबै कुरा यथावत् रहेमा निगमको जहाज भोलि बिहीवाबार बिहान ९ बजे इजरायल पुग्नेछ र त्यहाँबाट ९ बजेर १० मिनेटमा उडेर भोलि राति साढे ८ बजे नेपाल अवतरण गर्ने तालिका छ ।

    परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उद्धार हुन तथा नेपाल फर्कन चाहने तीन सय २४ जना नेपालीले राजदूतावासको अनलाइन रजिस्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् ।

    प्यालेस्टाइनी लडाकु समूह हमासले गएकाे शनिवार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको थियो भने ४ जना घाइते भएका छन् । एक जना अझै सम्पर्कविहीन छन् । उनकाे खाेजी भइरहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ