• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्र संघका महासचिव गुटेरसले किन गरे नेपाल भ्रमण स्थगित ?

    1.3K
    SHARES



    काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको ३ दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरस नेपालको ३ दिने भ्रमणका लागि २६ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको थियो ।

    इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

    प्रवक्ता लम्सालले भनिन्, ‘महासचिवको नेपाल भ्रमण हालका लागि स्थगित भएको हो । इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण भ्रमण स्थगित भएको छ । भ्रमण छिट्टै हुन्छ । हामीले त्यसको तयारी गरिरहेका छौँ ।’

    नेपाल भ्रमणका क्रममा उनको लुम्बिनी र पोखरा जाने कार्यक्रम तय भएको थियो । यस्तै शनिबार संयुक्त राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने तयारी पनि गरिएको थियो ।

    संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ