• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इजरायलमा ज्यान गुमाउनेका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

    1.7K
    SHARES



    काठमाडौँ । सरकारले इजरायलमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो ।

    बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

    यस्तै, बंकरभित्र रहेका ११ जना नेपाली विद्यार्थी रहेको ठाउँमा इजरायली सेना पुगेको छ । उनीहरूमध्ये ६-७ जनाको उद्धार भइसकेको र बाँकीको केहीबेरमा उद्धार हुने बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए ।

    नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा थिए। ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले बताए ।

    ‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ । अब हामीहरू सबैजना मुभ भइरहेका छौं ।

    हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं । हाम्रो केही साथीहरू गइसक्नुभयो । हामी ४-५ त्यो गाडीमा अटेनौं,’ रिजालले भने,‘अब केही आश पलाएको छ। नेपाल सरकारले एक-दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ