• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धरहराको भूमिगत पार्किङ सञ्चालन, शुल्क नलाग्ने

    2.6K
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ ।

    डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ ।

    ‘तीन तल्लामध्ये पहिलो तल्लामा पार्किङ आइतबार (आज)देखि खुलेको छ । बाँकी दुई तल्लामा केही पानी हटाउनुपर्ने र सरसफाइ गर्नुपर्ने भएकोले खुलाइएको छैन,’ महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

    पार्किङ खुलाको सुरुवात भएकोले तत्कालका लागि निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ