• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रत्येक वर्ष ५ हजार जनालाई रोजगारी दिने मेयर बालेनको घोषणा

    1.1K
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ ।

    महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् ।

    ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन् ।

    ‘महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंक को स्थापना गरेर रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंकका योजना अन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको बालेनले बताएका छन् ।

    महानगरपालिकाका अनुसार महानगरका स्थायी बासिन्दा, महानगर का करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्ध हुन सक्नेछन् ।

    चालु आर्थिक वर्ष२०८०/८१ मा काठमाडौं महानगरपालिकाले महानगर गौरवको आयोजना, स्वर्णिम आयोजना र वडा तथा महानगरपालिका मार्फत हुने अन्य योजना छुट्टाएको थियो । बेरोजगार जनशक्तीहरुलाई श्रम बैंकमा आबद्ध गरेर आवश्यक स्थानमा परिचालन गर्ने महानगरको स्वर्णिम योजना हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ