• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इजरायल घटना अपडेट : दुई नेपाली दूतावासको सम्पर्कमा, ७ जनाको अवस्था ‘गम्भीर’

    14.6K
    SHARES



    काठमाडौँ । इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये २ जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । यद्यपि उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन ।

    गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए ।

    उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेको ओलीले बताए । उनका अनुसार ७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी प्राप्त भएको छ ।

    डाँगी र कट्टेलले ७ जनालाई बङ्करभित्र छिर्नुअघि नै आतङ्ककारीहरूले गोली हानेको रिपोर्टिङ गरेका छन् । ७ जनालाई गोली लागेको छ भने अहिलेसम्म उपचारविहीन अवस्थामा बङ्करमै छन् ।

    घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत रहेको खुलेको छ । फार युनिभर्सिटी अन्तरगतको कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ