• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इजरायलमा आक्रमण- केही नेपाली पनि घाइते

    3K
    SHARES



    काठमाडौँ । शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन् । यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन ।

    इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । ‘केही नेपाली घाइते भएका छन् । उनीहरुको यकिन विवरण खुलेको छैन । हामी अहिले तथ्यांक संकलन गर्ने तथा उद्धारको काममा खटिरहेका छौँ,’ घिमिरेले भने ।

    गाजा पट्टीबाट इजरायलमा व्यापक रकेट हमला भएको थियो भने हमासका लडाकुहरूको घुसपैठप भएकाे थियो । इजरायलको आपतकालीन सेवाका अनुसार हमासको आक्रमणमा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते भएका छन् ।

    यसैबिच दूतावासले अपिलसमेत जारी गरेको छ । ‘इजरायलको गाजासँगको सिमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ। साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको ब्यहोरा अनुरोध छ । पुनश्च: अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरूलाई त्रसित र प्यानिक नगराउनुहोला,’ अपिलमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ