• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाण्डौ महानगले अब धुवाँको मुस्लो फाल्ने गाडीलाई ९ लाख रुपैयाँसम्म जरिबाना तिराउने

    6.1K
    SHARES



    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले मापदण्ड भन्दा धेरै प्रदूषण फैलाउने र धुवाँ फाल्ने गाडी धनीलाई कडा कारबाही गर्ने भएको छ ।

    महानगरले सूचना निकालेर मापदण्ड विपरित प्रदूषण सृजना गर्ने गाडी धनीलाई ३ लाख रुपैयाँसम्म जरिबाना गरी दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ ।

    दिएको आदेश बमोजिम कार्य नभएमा जरिबानाको तेब्बर अर्थात ९ लाख रुपैयाँ जरिबाना गराउने सूचनामा भनिएको छ ।

    काठमाडौ महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने गाडीको वायु प्रदूषण जाँच नियमित गर्ने पनि जनाएको छ । अहिले नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुवाँजन्य प्रदूषण, उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकहरुमा सञ्चालन भइरहेका गाडीहरुको धुवाँ निष्काशनको अत्यन्त दयनीय अवस्था समेत देखिएकाले कडा कारबाहीको अभियान थालिएको महानगरले जनाएको छ ।

    वायु प्रदूषणका मुख्य कारकहरुमध्ये गाडीबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेको महानगरको ठहर छ । कुनै गाडीले धेरै धुवाँ फाल्ने र प्रदूषणको मापदण्ड पालना नगरेको शङ्का लागेमा सूचना दिन पनि काठमाण्डौ महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ