• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ३ दिनदेखि बेपत्ता महिला आफ्नै घरमाको भकारीमा मृत फेला

    3.5K
    SHARES



    दाङ । सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत भेटिएकी छन् ।

    सिद्धकुमाख गाउँपालिका-४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    असोज १५ गते बेलुकादेखि घरबाट हराएकी रोका ३ दिनसम्म पनि फेला परेकी थिइनन् । त्यसपछि गाउँले र आफन्तले उनको खोजी गरेका थिए ।

    बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उनको शव फेला परेको प्रहरी कार्यालय सल्यानको प्रहरी निरिक्षक तथा प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

    मृतकको रोका घरमा मृतक महिलासहित उनका छोरा, छोरी र बुहारीसँग बस्दै आएका थिए । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

    शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम लगिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ