• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ६० किलो सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियो

    0.9K
    SHARES



    काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस डाकिएको छ ।

    प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी गराए ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् । जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।

    सुन प्रकरणमा अहिले २६ जना थुनामा रहेका छन् । जवाफी बहस सकिएपछि प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागी थुनामा पठाउने भन्नेबारे आदेश आउँछ ।

    यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न आज बझाङ गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका उनी आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

    भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने बताए ।

    बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा धेरै भौतिक क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ