• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दार्चुलाको राताकाठा भिरमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    1.3K
    SHARES



    दार्चुला । दार्चुलाको दुहु गाउँपालिका-३ राताकाठा भिरमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    बिहीबार(आज) बिहान ११ बजे महाकाली नगरपालिकाको खलंगा बाट दुहु गाउँ पालिका हिकिला तर्फ जाँदै गरेको से १ ख १२५२ नम्बरको मालवाहक मिनीट्रक ब्रेक फेल हुँदा दार्चुला तिन्कर सडक अन्तर्गत दुहु गाउँ पालिका- ३ राताकाठा भन्ने स्थानबाट करिब ३ सय ५० मिटर तल महाकाली नदी किनारामा खस्दा दुहु गाउँ पालिका ३ ब्रह्मदेव बस्ने अन्दाजी वर्ष ४५ का करण सिंह बोहराको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

    प्रहरीका अनुसार चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आशङ्का गरिएको छ । उक्त मिनीट्रकमा मृतक बोहराको खाद्यान्न चामल रहेको इलाका प्रहरी कार्यालय हिकिलाका प्रहरी सहायक निरीक्षक सन्त बहादुर पालले जानकारी गराए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ