• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई निर्देशन

    1.1K
    SHARES



    काठमाडौँ । संसदीय समितिले दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन सरकारलाई निर्देशन दिएको छ ।

    बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा समेत थप गरी त्यस्ता पसलहरुबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

    समितिले गत भदौ ३१ गतेको बैठकबाट दिइएको निर्देशन अनुसार सरकारले स्थानहरुमा खोलेका सुपथ मूल्य पसलका सम्बन्धमा धन्यवाद दिँदै थप विस्तार गर्न निर्देशन दिने निर्णय भएको सभापति अब्दुल खानले जानकारी दिए ।

    यसैगरी समितिले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसला जन्य बस्तुहरु (जीरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्ने तर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

    यस्तै कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चीनी, चामल, दाल लगायतका अत्यावश्यक बस्तुहरुको पर्याप्त व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ