• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धादिङमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

    1.9K
    SHARES



    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ ।

    सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।

    धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारका अनुसार काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२-००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती ३ विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ ।

    घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक प्रहरी नियन्त्रणमा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ