• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पुरानै शुल्कमा खुल्यो त्रिवि इन्जिनियरिङको भर्ना, मङ्गलवार देखि ३ दिनसम्म फाराम भर्न सकिने

    1.8K
    SHARES



    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले यसअघि शुल्क वृद्धिका कारण स्थगित भर्ना प्रक्रिया सुरु गरेको छ ।

    संस्थानले आइतवार एक सूचना प्रकाशित गर्दै पुरानै शुल्कमा बीई तथा बी आर्कमा स्नातक तहको भर्नाको प्रक्रिया पुनः सुरु गरिएको जानकारी गराएको हो ।

    संस्थानका डीन शशीधरराम जोशीले हस्ताक्षर गरेको परीक्षा बोर्डको सूचनामा शैक्षिक सत्र २०८०/०८१ को स्नातक तहका विभिन्न कार्यक्रममा आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना खुलाइएको भनिएको छ ।

    सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट सञ्चालन गरिने प्रवेश परीक्षाको फाराम भोलि मङ्गलवार देखि ३ दिनसम्म भर्न सकिनेछ ।

    उक्त थप गरिएको समयमा प्राप्त हुने आवेदन दिने समेतका विद्यार्थीका लागि यही २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुने भनिएको छ ।

    यसअघि फाराम भरिसकेका विद्यार्थीहरूले भने प्रवेश परीक्षाको फाराम पुनः भरिरहनु पर्ने छैन । आइतवार मात्रै संस्थान र विद्यार्थी सङ्गठनका प्रतिनिधिबीचको छलफलबाट बीई र बी आर्क विषयको भर्ना कार्यक्रम शुल्क बृद्धि नगरी पुरानै शुल्कमा नयाँ भर्ना गर्ने निर्णय भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ