• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सामाजिक सञ्जालको स्टाटसले नेपालगञ्जमा साम्प्रदायिक प्रदर्शन

    1.2K
    SHARES



    काठमाडौँ । सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा तनाव बढेर कर्फ्यु नै जारी गर्नुपरेको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते (आइतबार) सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर प्रदर्शन भएको थियो ।

    स्थानीय प्रशासनका अनुसार मुस्लिम समुदायले विरोध र्‍याली निकालेपछि मंगलबार ओमकार परिवार हिन्दु समाजले पनि र्‍याली निकालेको थियो।

    ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोडका साथै ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

    स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

    पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो । अहिले उक्त क्षत्रमा कर्फ्यु जारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ