• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गौशालास्थित डाइग्नोस्टिक सेन्टरका सञ्चालक सविरमाथि आक्रमण, घटनास्थलमा पेस्तोल पनि भेटियो

    1.8K
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको छ ।

    पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।

    घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेतिएको छ । घटनास्थलमा गोली चलेको पुष्टि नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

    प्रहरी वृत गौशालाका डिएसपी केशव थेवे घटनास्थलमा पुगेका छन् । घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रत्यक्षदर्शीका अनुसासार आक्रमणकारीको साथमा रहेको पेस्तोल घटनास्थमै खसेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ