• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विद्यालयको छात्रावासमा ८ बर्षीया सलाम मृत फेला

    2.1K
    SHARES



    काठमाण्डौ । सुर्खेत वीरेन्द्रनगरको एक निजी विद्यालयको छात्रावासमा ८ वर्षीय बालक मृत भेटिएपछि अवस्था तनावग्रस्त बनेको छ ।

    वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको कक्षा दुई मा पढ्ने र होस्टेलमै बस्ने ८ वर्षका सलाम पुलासी मृत भेटिएका हुन ।

    उनको घर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ रहेको प्रहरीले जनाएको छ । गएराति उनी छात्रावासकै कोठामा झुण्डिएको अवस्थामा देखेपछि अरु विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेका थिए ।

    बालकको मृत्युको विषयलाई लिए स्थानीय र आफन्तले छात्रावास तोडफोड र आगजनी गरेका छन् । उनीहरुले घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरेका छन् ।

    प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । विद्यालयका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया