• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अरनिको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

    3.8K
    SHARES



    काठमाडौं । पूर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात प्रा.लि.ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रबार(आज) अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एउटा महानगरमा २ वटा बसपार्क नचाहिने भन्दै भत्काउने चेतावनी दिएका थिए ।

    अब तत्कालका लागि बसपार्क भत्काउन वा त्यहाँ रहेका संरचनामा कुनै क्षति पुर्‍याउन नमिल्ने भएको छ ।

    ‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरूलाई तोडफोड गर्ने तथा भत्काउने कार्यान्वयन नगर्नू, नगराउनू,’ आदेशमा भनिएको छ ।

    साथै निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि महानगरलाई आदेश दिइएको छ ।

    अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न असोज २० गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ