• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने निर्णय

    1.7K
    SHARES



    काठमाडौँ । चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरिएको छ ।

    उप-प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले सो निर्णय गरेको गृह प्रवक्ता (सह-सचिव) केदारनाथ शर्माले जानकारी दिएका छन् ।

    पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नहरूलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरिएको छ ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन-२०६६ अनुसार सुरक्षा समन्वय समितिको बैठक नियमित राख्ने निर्णय गरिएको छ ।

    त्यस्तै, देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन-२०६६ अनुसारको कसुर र दण्ड सजाय सम्बन्धी सार्वजनिक सूचना सबैले देख्ने गरी टाँस गर्ने निर्णय गरिएको छ ।

    सूचना टाँस गर्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने गृह प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ