• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग गरेको पाइएपछि…

    2.4K
    SHARES



    विराटनगर । मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ ।

    म‌ंगलबार राति विराटनगर महानगरपालिका-१८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र चालक धरान उपमहानगरपालिका- ११ का ३८ वर्षीय गंगा सरकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

    उक्त एम्बुलेन्स नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको नाममा धरानमा स्थापित फाउण्डेसनले सञ्चालन गर्दै आएको थियो ।

    मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद गरेको थियो ।

    प्रहरीले सोही स्थानबाट भारतीय नम्बर प्लेट बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । दुबै सवारीसाधन र चालकलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया