• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, कहिले आउँछ फैसला ?

    1.5K
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार(आज)प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो ।

    उक्त मुद्दाको सम्बन्धमा आदेश आउन भने बाँकी रहेको छ । अदालत स्रोतका अनुसार आगामी मंसिर १८ मा निर्णय सुनाउने तयारी छ ।

    प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सात वर्षपछि सुनुवाइ भएको हो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा अवहेलना मुद्दा दायर गरेका थिए ।

    शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक वक्तव्य दिएका थिए ।

    अदालतको आदेश र फैसला नै नमान्ने अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रचण्डलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ