• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जयेन्दु बालसुधार गृह झडप- एक जनाको मृत्यु

    1.3K
    SHARES



    दाङ । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् ।

    बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

    घाइते अन्य दश जनाको उपचार जारी छ । ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख सिंहले बताए । घाइतेहरुको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ । सुधार गृहमा लागु औषध, डाँकाचोरी, कर्तव्य ज्यान लगायत मुद्दाका २५४ जना छन् । उनीहरु १५ देखि ३० वर्ष उमेर समूहका छन् ।

    उक्त सुधार गृहका लागि सिभिलमा १० जना प्रहरीहरुमात्र रहने गरेका छन् । उनीहरुले स्थिति सम्हाल्न नसकेपछि थप प्रहरी तैनाथ गरिएको छ । तर कानुनअनुसार बाल सुधार गृहमा बल प्रयोग गर्न नपाउने भएकाले प्रहरीले समस्या समाधानका लागि समन्वयमात्र गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् नारायण डाँगीले जानकारी दिए ।

    यसअघि प्रहरीले विवाद समाधानको प्रयास गर्न मानव अधिकारकर्मीको टोलीलाई पनि सुधार गृहमा बोलाएको थियो । तर स्थिति सम्हाल्न नसकेपछि उनीहरुले पनि फर्किएका छन् ।

    सोही बाल सुधार गृहमा राखिएकाहरु २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । सोही वर्षको माघ अन्तिम साता सुधार गृहमा आगजनीसमेत भएको थियो ।

    यसअघि पर्साको वीरगञ्ज र भक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो । बाँकेबाटै भक्तपुर र भक्तपुरबाट वीरगञ्ज लगिएकाहरुबाटै सुधार गृहमा विवाद र तनाव सिर्जना भएको प्रहरीको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ