• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँ महानगरका मेयर बालेनविरुद्ध राष्ट्रिय सभागृह अगाडि ७७ घण्टा उभिने अभियन्ता ईःको घोषणा

    2.2K
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहविरुद्ध आफूलाई ‘ईः’ नामले चिनाउने अभियन्ता इशान श्रेष्ठले आन्दोलन थालेका छन् ।

    श्रेष्ठले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

    मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएका उनले यो आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताएका छन् ।

    चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै यस्तो आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

    फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने उनको माग छ । सोहीअनुसार उनीलगायतको अगुवाइमा यसअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ ब्यानरमा महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै आएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ