• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कानुनको गम्भीर उल्लंघन देखिएको भन्दै पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग

    2.4K
    SHARES



    काठमाडौं । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएको भन्दै सम्झौता रद्द गरेको जानकारी जानकारी गरेआएका छन् ।

    उनका अनुसार अर्को प्रक्रिया पूरा नभएसम्म यहाँ पार्किङ निःशुल्क गरिएको छ ।

    यस्तै, सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको छ ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । मन्त्रालयले महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बोधन गर्न सरकार तयार रहेको भनेको छ ।

    ‘नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथाशक्य विधेयकमा समावेश गरिएको छ’, मन्त्रालयका सहसचिव भगवान् अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् । महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न नेपाल सरकार तयार नै छ ।’

    मन्त्रालयले मंगलबार दिउसो ३ बजे मन्त्री अशोक राईको संयोजकत्वमा हुने वार्तामा आउन महासंघलाई आग्रह गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ