• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा, असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरिने

    2.7K
    SHARES



    काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ ।

    संसदमा पेश गरिएको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो ।

    असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेको छ । महासंघले विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गर्ने घोषणा गरेको हो ।

    महासंघले एक विज्ञप्ती जारी गर्दै आफूले उठान गरेका मागहरु मस्यौदामा नसमेटिएको जनाएको छ । देशभरका शिक्षक कर्मचारीहरुलाई असोज ३ गतेभित्र सडक आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गरेर काठमाडौं आउन सर्कुलर पनि जारी गरेको हो ।

    महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तीमा महासंघसँग सरकारले गरेका विभिन्न सम्झौता अनुसार ऐनमा नसमेटिएको जनाएका छन् । आन्दोलन सम्बन्धी जानकारी दिनका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया