• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वीरगञ्ज सुधारगृहका १५ जना कैदी भक्तपुर फिर्ता पठाउने सहमति

    1.5K
    SHARES



    पर्सा । भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ ।

    ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार रातभर झडप भएको थियो ।

    झडपले उग्र रूप लिँदा स्थिति नियन्त्रण बाहिर गएको थियो । बालकैदीबिच भएको झडमा ११ जना कैदी र ३ जना प्रहरी घाइते भएका थिए ।

    पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भक्तपुरबाट आएका १८ जना कैदीमध्ये १५ जना फिर्ता पठाउने सहमति भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको बताएका छन् ।

    भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरूले सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल विक्रम शाह, वीरगञ्ज महानगरपालिका अन्तर्गत बालबालिका शाखा प्रमुख सावित्री भण्डारी, पत्रकार, मानवअधिकारकर्मीहरू र कैदीहरु बिच बुधवार दिनभर वार्ता भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ