• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ललिता निवास प्रकरण- १४ जना रिहा, ३ जनाले धरौटी बुझाउन नसक्दा थुनामै

    1.9K
    SHARES



    काठमाडौँ। ललिता निवास जग्गा प्रकरण सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको आदेश अनुसार ३ जनाले धरौटी रकम बुझाउन नसक्दा थुनामै फर्किएका छन् ।

    सबैभन्दा धेरै धरौटी रकम तोकिएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, कलाधर देउजा र अरुणकुमार श्रेष्ठले धरौटी बुझाउन नसकेपछि थुनामा गएका हुन् । उनीहरुले जुनसुकै दिनमा धरौटी बुझाएको खण्डमा थुनामुक्त हुनेछन् ।

    काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका १७ जनामध्ये आइतबार बेलुकीसम्म १४ जनाले तोकिएको धरौटी बुझाएर घर फर्केका छन् । बाँकी तीनजना भने थुनामै गएको बताएका छन् । धरौटी बुझाउन नसके थुनामा जानुपर्ने कानुनी व्यवस्था छ ।

    गुरुङको हकमा २ करोड ४६ लाख रुपैयाँ नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्न आदेश गरेको छ ।

    तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजालाई १५ लाख रुपैयाँ धरौटी तोकिएको छ । उनले पनि आइतबार धरौटी रकम बुझाउन नसकेपछि थुनामै गएका छन् ।

    त्यसैगरी नापी कार्यालय काठमाडौंका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठबाट ७ लाख ५० हजार रुपैयाँ माग गरिएको छ । उनले पनि धरौटी बुझाएका छैनन् । तीनजना धरौटी बुझाउन नसकेपछि थुनामा गएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ