• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एशोशिएसन अफ नेपाल तराई ईन अस्ट्रेलियाको अध्यक्षमा रन्जित साह सर्वसम्मत

    1.3K
    SHARES



    काठमाडौँ । अस्ट्रेलियाका युवा व्यवसायी रन्जित साह एशोशिएसन अफ नेपाल तराई ईन अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् ।

    नव-निर्वाचित साह अस्ट्रेलियामा नेपाली समुदायका एक सफल युवा व्यवसायी मानिन्नछन् । सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभाबाट उनी सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन् ।

    अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका अन्य २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि साह २ वर्षको लागि अध्यक्षमा चयन भएका हुन् ।

    साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत भएका हुन् । उपाध्यक्षमा परमानन्द साह चयन भएका छन् भने महासचिवमा विकास झा सर्वसहमत भएक हुन् ।

    यस्तै कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजकमा राकेश साह सर्वसम्मत भए । त्यस्तै सहकोषाध्यक्षमा रंजित दास चयन भएका छन् भने  कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ