• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिभुपन विमानस्थल भन्सार कार्यालयका कर्मचारीद्वरा आन्दोलनको घोषणा  

    2K
    SHARES



    काठमाडौँ । त्रिभुपन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् ।

    यसअघि काम गर्ने वातारण नभएको भन्दै सामुहिक सरुवा माग्ने कर्मचारीहरुले थप माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।

    आन्दोलन घोषणा गर्दै कर्मचारीहरुले आइतबार विरोधस्वरुप तीन घण्टा पेन डाउन गरेका छन् भने भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

    यसैगरी भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित पार्ने चेतावनी दिइएको छ ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ