• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार झा नियुक्त

    1.1K
    SHARES



    काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

    उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।

    नेपाली कांग्रेस निकट रहेका उनी नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष हुन् । समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो ।

    त्यस्तै दोस्रो नम्बरमा डा. प्रवीण मिश्र र तेस्रो नम्बरमा हालका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको थियो ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ