• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरकाे दर्शन

    766
    SHARES



    काठमाण्डाै। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरकाे पाटनमा रहेकाे कृष्ण मन्दिरकाे दर्शन गरेका छन्

    श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति पाैडेल आज बुधवार पाटन दरबारमा रहेकाे ऐतिहासिक कृष्ण मन्दिर जानु भई दर्शन एवम् प्रसाद ग्रहण गरे ।

    त्यस अवसरमा उनलाई ललितपुर क्षेत्र नम्बर १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत निजामती कर्मचारी र स्थानीयवासी एवम् भक्तजनले स्वागत गरेका थिए ।

    राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अवलोकन पनि गर्नुभयो । उहाँलाई महानगरका मेयर महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया