• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बर्दियाकाे गुलरिया कारागारबाट टोपे फरार

    1.9K
    SHARES



    बर्दिया । बर्दियाको गुलरिया कारागारबाट एक जना कैदी भागेका छन् ।

    कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ३० वर्ष सजाय तोकिएर सजाय काटिरहेका कैदी टोपे भनिने अजित बुढा क्षेत्री कारागारबाट भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मत बोहोराले जानकारी गरेआएकी छन् ।

    कारागारभित्रको भवनको छतमा चढेका उनी काँडेतार लगाएको पर्खालमा चढेर बिहान साढे ३ बजेतिर हाम फालेर भागेका डीएसपी बोहोराले बताए । बर्दिया कारागारभित्र रहेका बुढा क्षेत्रीको खोजीका लागि नेपाल भारत सीमावर्ती नाकाका साथै गुलरिया, मधुवन, ठाकुरबाबा लगायतका जिल्लाका आठ वटै पालिकाका ठाउँठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ ।

    २०७२ साल फागुन ५ गते छिमेकी जोरासिंह थापाको हत्या अभियोगमा भोलिपल्टै पक्राउ परेका ठाकुरबाबा नगरपालिका-८ सुतैया गाउँका उनी बर्दिया जिल्ला अदालतमा बयानका लागि लगिएका बेला अदालत परिसरकै शाैचालयको भेन्टिलेसनबाट २०७२ साल फागुन ३० गते पनि भागेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ