• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिरोले जीप पुर्दा ३ जनाको ज्यान गयो, ८ घाइते

    2.8K
    SHARES



    पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् ।

    गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

    जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका १ बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।

    जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको थियो । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ