• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दार्चुलाको मालिकार्जुनमा एक वृद्धाको हत्या

    1.7K
    SHARES



    दार्चुला । दार्चुलामा एकल वृद्धाको चक्कु प्रहार गरी हत्या भएको छ। मालिकार्जुन गाउँपालिका-७ टोपालि टोलका ८० वर्षीया भागरथी चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको स्थानीय बताएका छन् ।

    स्थानीयका अनुसार महिलाको घाँटी र छातीमा ८/१० स्थानमा चक्कु प्रहार भएको देखिएको छ। उनको हत्या गरी घरभन्दा एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको छ ।

    शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएका थिए । मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि जनप्रतिनिधि, प्रहरीले ताला तोडेर घरभित्र पसेका थिए ।

    तर घरमा महिला थिएनन् । घरभित्र पनि नभेटेपछि खोजी गर्दै गर्दा सोमबार बिहान ६:३० बजे उनलाई मृत अवस्थामा भेटिएको हो ।

    मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घट्नास्थल जाँच मुचुल्का बनाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

    शव ल्याउन बाँकी छ उनले भने, ‘किटानी जाहेरी आएको छैन । जाहेरी कस्तो किसिमले आउँछ सोही अनुसार अघि बढ्छौँ । अहिलेसम्मको घटनास्थल हेर्दा हत्या भएको देखिन्छ ।’

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ