• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गौर घटनाको दोषीहरुलाई कारबाही नगरे मुद्दा लिएर हेग जाने प्रभु साहको चेतावनी

    1.1K
    SHARES



    काठमाडौं । अझै पनि गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए  ।

    सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे ।

    कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको उनले अगाडि भने, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उनले स्मरण गरे । सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्किएको उनको दाबी छ ।

    गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत नगरेको उनले बताए ।

    पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरेपनि सरकार पछि हटेको भन्दै उनले यदि नेपालबाट न्याय नपाए पीडितहरु अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने उनको चेतावनी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ