• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सारुक मृत्यु प्रकरणबारे नम्रता श्रेष्ठले पहिलोपटक मुख खोलिन्

    2K
    SHARES



    काठमाडौँ। अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक मुख खोलेकी छिन् ।

    नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर धेरै समयपछि केही वास्तविक सूचना प्रवाह गरेको बताएकी छिन् ।

    उनले आफ्नोबारे मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न पनि अपिल गरेकी छिन् ।

    उनले सारुककाे निधनप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति समवेदना व्यक्त गरेर आफ्नो कुरा सुरु गरेकी छिन् । यस्तै, सारुकको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको पनि बताएकी छिन् । घटना केही समय अघिको भएपनि अहिले सामाजिक सञ्जालमार्फत् यसबारे बोल्न बाध्य भएको भनेकी छन् ।

    आफू विरलै मिडियामा आउने गरेको तर यो घटनापश्चात् एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचार लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरु पूर्वाग्रही हिसाबले लागेको र यो क्रियाकलापलाई उनको परिवार र कानुनी समूहले नजिकबाट नियालेको बताएकी छन् ।

    उनले लेखेकी छिन्-

    सम्पूर्ण देश तथा बिदेशमा रहनुभएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहिनी नातेदार, इष्टमित्र, दर्शक तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार  🙏🙏   

    धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सूचना हजुरहरू माझ प्रवाह गर्न जाँदै छु ! 

    सन्दर्भ नेपाली चलचित्र ‘#MAYA’ छायाङ्कन को क्रम मा सोही चलचित्र का कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरी निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाई  दुखी तुल्याएको छ । सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधन प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । 

    स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए । उनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु ! 

    यो घटना केही दिन पहिले घटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भएँ । 

    सामान्य अवस्थामा पनि  त्यति सारो मिडियामा आउने मान्छे होइन म । तर हाल यो घटना पश्चात् एकलौटी रूपमा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरू, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नुभएको थियो । मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसिमको हरकतलाई नजिकबाट नियालिरहेका थियौँ । 

    एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला सायद । किनकि यो पुरुष प्रधान समाज हो ठिकै छ । मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु । म एक महिला मात्र नभएर कलाकार पनि हो । अनि नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकार हुन्छ । 

    सायद यो देश मा कानुन मरेको छैन..यो कानुनी राज्य हो । झुटको खेती गर्नुहुने सबै दिग्गज महानुभावहरूलाई सत्यको बाटो हिँड्न को लागी आग्रह गर्दछु । 

    थुप्रै मिडियाहरूबाट कल आएको थियो । मेरो फोन मेरो दादासँग हुन्थ्यो । अहिले पनि मेरो परिवारले नै HANDLE गर्नु हुन्छ तर मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन । 

    मैले विभिन्न टेलिभिजनबाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर विगतमा मैले दिएको INTERVIEW हरूलाई विभिन्न कुरा जोडेर तोडमोड गरियो TROLL बनाउने प्रयास भयो । त्यसकारण यस बखत टेलिभिजन INTERVIEW मा आइनँ । आवश्यक पर्दा दिउँला त्यसमा कुनै सङ्कोच छैन ।

    यो घटनासँग जोडिएका FABRICATED समाचार र विभिन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्ने नै छ । म यस चलचित्रको एक कलाकार पनि थिएँ । सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक थियो । 

    होला तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो संवेदनशील विषय लाई GLORIFY गर्नु उचित हुँदैन ! पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरू लाई सधैँ सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पीत पत्रकारिता गर्ने अनलाइन मिडिया हरू बाट यो घटना पछि VIEWS का लागि जुन कपोकल्पित समाचारहरू एकतर्फी रूप मा प्रसारण गरियो यस्ता तथ्यहीन  समाचार प्रति म घोर भर्त्सना गर्दछु। यो किसिम का तथ्यहीन समाचार प्रति सम्पूर्ण देश विदेशमा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तक हरू  सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु !

    म आफै पनि मेन्टल हेल्थ को SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचेँ कसैको यस्तो संवेदनशील विषयलाई मिडिया मा ल्याउन उचित ठानिनँ । म TOTALLY घर अनि हस्पिटल तिर नै रहेँ । तर कपोकल्पित तवरले  देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरू फिँजाइयो जबकि इन्डियाभन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासन लाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरू ले भन्नु भयो.. तपाई त विदेश तिर जानुभयो भनेर हङ्गामा थियो त मिडियाहरू तिर ..

    तर कतै भिजिट  गरेको देखिन्न त भनेर SURPRISE हुनु भयो..  चलचित्र मेकिङ टिम र मृतकका परिवारसँग मेरो परिवारका सदस्यहरू र सहयोगीले सुरुका दिनहरूबाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनु चाहनुभएन ।                                               

    म आफू बिरामी नै थिए परिवारकै रेखदेखमा रहेँ । जब मलाई प्रहरी प्रशासन बाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भएँ । यो घटना सम्बन्धी डिटेल INQUIRY भयो जे जे यथार्थ थियो र हो सबै बताए । सो चलचित्र को मेकिङ टिम, कलाकारहरू सबै जनासँग सोधपुछ भइरहेको जस्तो लाग्छ । किनकि सो चलचित्रको कलाकार म मात्र थिइनँ । 

    नेपाल प्रहरी विश्व कै टप 5 अनुसन्धानमा अब्बल प्रहरी हो भन्ने भनाइ छ । आशा छ यो घटनाको सत्यतथ्य पक्कै पनि दूध को दूध पानीको पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौँ ।

    ‘कोही अपराधी नउम्कयोस निर्दोष नफसोस् ‘ भन्ने भनाइ हो , जहाँ सम्म कालो बोका र बुटी को कुरा लाई फण्डा बनाइएको थियो अहिले को एक्काइसौँ शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युक्ति सङ्गत हुन्छ होला ?? यो देश लोकतन्त्रपछि धर्मनिरपेक्ष मुलुक हो सबैलाई धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौँ । पूजा गर्ने गुरुको कुरा छ, जुन चर्चा को नाम थियो, उहाँलाई समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइसकेको छ । 

    अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौँ ‘JUSTICE FOR SARUK ‘ निष्पक्ष छानबिन होस् । म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासन लाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ । अन्तमा मृतक को सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्..आदरणीय पुराना वरिष्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदि सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरू प्रति मेरो भन्नु केही छैन, प्रशासन लाई सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौँ ।धन्यवाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन्, सबै को जय होस ..

    नम्रता श्रेष्ठ                                                          

    काठमाडौँ, नेपाल  🇳🇵🙏🙏                          

    मिति > 2080/05/11 गते सोमबार

    मैले यो लेखेर पहिले नै पोस्ट गर्न तयार गरेको थिए किनकि REALITY बाहिर थाहा होस् भनेर..तर मेरो परिवारको सुझाव अनुसार प्रहरी अनुसन्धानमा बाधा पुग्ने भएकोले गरिनँ ..त्यही कुरालाई अहिले जस्ताको त्यस्तै पोस्ट गरेको छु ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ