• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ललिता निवास जग्गा प्रकरण- चार पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दायर

    1.4K
    SHARES



    काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न विरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको छ ।

    उक्त्त अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलगाएत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २ सय ९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोजन गर्ने निणर्य गरी अदालत गएको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ सय ८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो ।

    ब्युरोले दुवै मुद्दा चलाउन राय दिएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निणर्य गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया