• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘गो ब्याक एमसीसी’ भन्दै राजधानीमा प्रदर्शन

    1.5K
    SHARES



    काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रदर्शन सुरु गरेको छ ।

    संसद्‍बाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

    यसै क्रममा पार्टीको उपत्यका ब्यूरो र जबस मोर्चाले राजधानी काठमाडौँमा एमसीए नेपालको कार्यालय अघि प्रदर्शन गरेको छ । एमसीसी परियोजना राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उसले भदौ ५ गते चरणबद्ध आन्दोलन घोषणा पनि गरेको थियो ।

    १२ बुँदे सम्झौता सम्बन्धमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक नगरेसम्म नेपालमा एमसीसी कार्यान्वयन हुन नदिन चेतावनी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया