• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

    3.6K
    SHARES



    काठमाडौँ । सप्तकोशी नदीको ब्यारेजका सबै ढोका खोलिएको छ ।

    कोशी ब्यारेज कन्ट्रोल रूमका एक कर्मचारीका अनुसार ५६ वटै ढोका खोलिएको हो । ‘सात बजेको अपडेट अनुसार पानीको सतह बढेसँगै ५६ वटै ढोका खोलिएको हो’, ती कर्मचारीले भने,‘कोशी पूर्वी-पश्चिम नहर भने बन्द गरिएको छ ।’

    साढे ९ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ८० हजार ८ सय १५ क्यूसेक पानी बगिरहेको बताइएको जनाइएको छ।

    एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरूले विशेष सतर्कता अपनाएका छन् ।

    पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ