• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ट्रकको ठक्करबाट ५५ वर्षीया होम मायाको मृत्यु भएपछी…

    2.9K
    SHARES



    जनकपुरधाम । रौतहटमा ट्रकको ठक्करबाट एकजना महिलाको ज्यान गएको छ ।

    पूर्व- पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-१ हाईवेस्थित नुनथर मन्दिर जाने बाटोमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पैदल यात्रीलाई ना ६ प १५०० नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ ५५ वर्षीया होम माया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी उमाशङ्कर यादवले जानकारी दिएका छन् ।

    महिलाको मृत्यु पछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् । प्रदर्शनकारीहरूका अनुसार ट्रकले ठक्कर दिएपछि महिला घाइते भएकी थिइन् ।

    तर उनलाई उद्धार गर्नुको सट्टा ट्रकले ब्याक उनलाई किचेर मारेको थियो । सोही आक्रोशमा स्थानीयहरूले ट्रकमा तोडफोड र आगजनी गरेका थिए ।

    आगजनी भएपछि प्रहरीले नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास गरेपनि आगो तत्कालै नियन्त्रणमा आउन नसकी ट्रकमा क्षति भएको डीएसपी यादवले जनाए । उनका अनुसार प्रदर्शनकारीहरुले वारुण यन्त्रमा समेत ढुंगामुडा गरेका छन् ।

    स्थानीयहरूले अहिले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । यता दुबै पक्षलाई राखेर सहमति जुटाउने प्रयास गरिरहेको डीएसपी यादवले जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ