• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी समाचार

    मुख्यमन्त्री थापाकाे विश्वासको मत संविधानविपरीत, दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

    2.6K
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय गर्न रोक लगाएको छ ।

    मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सर्वोच्चले अन्तरिम आदेश गरेको हो ।

    मुख्यमन्त्रीले संविधानविपरीत सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य इस्राइल मन्सुरीमार्फत मतदान गराएर विश्वासको मत लिएकाले खारेज हुनुपर्ने माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुद्दाको टुंगो नलागेसम्म दीर्घकालीन र नीतिगत निर्णय नगर्न अन्तरिम आदेश गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया