• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रोजगारीका लागि नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव

    2.1K
    SHARES



    काठमाडौँ । लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ ।

    आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो ।

    लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटमा उक्त प्रस्ताव गरेका हुन् ।

    भेटको क्रममा गोजाएलले लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीको अवसर रहेको र केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरेका हुन् । मन्त्रालयका सह-सचिव राजीव पोखरेलले श्रम समझदारी गरेर श्रमिकहरू पठाउने प्रस्ताव गरेको बताए ।

    लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएका थिए । ‘लेबनानले कामदार लैजाने प्रस्ताव गरेको थियो ।

    श्रम समझदारी गरौँ । श्रमिकहरू पठाऊ भन्ने थियो । हाम्रोमा राम्रो सेवा सुविधा छ । अवसरहरू पनि धेरै छन् भन्नुभएको थियो ।’ पोखरेलले भने ।

    श्रम समझदारीको ड्राफ्ट तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल १ हजार २ सय नेपाली रहेका छन् ।

    व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् । लेबनानले विशेष गरी घरेलु कामदार लैजाने प्रस्ताव गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ